क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरिबहादुर थापा निर्वाचित – Buletnews
क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरिबहादुर थापा निर्वाचित
  • बुलेट न्युज

रुपन्देही: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा दोस्रोपटक पनि क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरिबहादुर थापा निर्वाचित भएका छन् ।

सोमबार राति भैरहवामा सम्पन्न संघको पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे ।

थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँगै गौचन पराजित भएका थिए ।

यसपटकको निर्वाचनमा थापा र गौचन पक्षले आआफ्नो टिम बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् ।

मतदान अधिकृत प्रकाश न्यौपानेका अनुसार संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका हुन् । गौचन र थापाले अलग अलग टीम बनाएर चुनावी मैदानमा गएपछि धेरै खेलप्रेमीहरुले यसो गर्न नहुने सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्