रुकुम: रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाको काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएको हो ।
उनी बाँफिकोट गाउँपालिका –५ स्थित रत्न आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक तारापति पुरीको श्रीमती हुन । स्थानीय रामप्रसाद केसीका अनुसार घरबाट घाँस काट्न गएको बेला भिरबाट आएको ढुङ्गा टाउकोमा लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय कयारमेला भन्ने स्थानमा घाँस काट्न गएको बेला भिरबाट ढुङ्गा खसेर उनलाई लागेको थियो । त्यस स्थानमा यसअघि पनि ढुङ्गा लागेर स्थानीयको ज्यान गएको थियो ।










