बाँकेमा भोलि आइतबारदेखि निजी विद्यालयहरु सञ्चालन हुने – Buletnews
बाँकेमा भोलि आइतबारदेखि निजी विद्यालयहरु सञ्चालन हुने

प्याब्सन र कृसाले बिद्यालय खुल्ने सुचना जारी गरेसङ्गै भोलिदेखी पठन पाठन हुने

  • बुलेट न्युज

बाँके: बाँकेमा आइतबारदेखि निजी विद्यालयहरु सञ्चालन हुने भएका छन् । जेनजीका प्रदर्शनपछि उत्पन्न परिस्थिति सहज बन्दै गएकाले आइतवारदेखि पठनपाठन नियमित हुने भएको हो ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बाँकेले शनिवार विज्ञप्ति जारी गर्दै यथासमयमा विद्यालय सञ्चालन गर्न अनुरोध समेत गरेको छ । लामो समय विद्यालय बन्द राख्दा विद्यार्थीहरुको शैक्षिक गतिविधिमा ठूलो असर पर्ने भएकाले यसमा अभिभावकहरुलाई पनि सहयोग गरिदिन प्याब्सनले आग्रह गरेको छ ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जेनजीको प्रदर्शनमा भएको ठूलो धनजनको क्षतीप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउने विद्यार्थीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

एसैगरी कोहलपुर क्षेत्रमा पनि कृसा बाँकेले बिद्यालय खुल्ने सुचना प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्