स्रोत नखुलेको रकमसहित कोहलपुरको सालको बुटाबाट तीन जना पक्राउ – Buletnews
स्रोत नखुलेको रकमसहित कोहलपुरको सालको बुटाबाट तीन जना पक्राउ

स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ

  • बुलेट न्युज

बाँके: कोहलपुर नगरपालिका २ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्र रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्