बाँके : बाँकेमा बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ सिनावाझ निवासी ४५ बर्षिया लक्ष्मी थारुको बाघको आक्रमणबाट मृत्युु भएको हो ।
डिभिजन वन कार्यालयका अनुसार राप्तीपारी च्याउ टिप्न जाने क्रममा जनमुखी सामुदायिक वनको पुरानो पानी ट्यांकी नजिक थारुलाई बाघले आक्रमण गरेको हो। बाघको आक्रमणबाट थारुको घटनास्थलमै मृत्यु भएको स्थानियबासिको भनाई उदृत गर्दै हाम्रा समाचारदाता भुबन थापाले बताएका छ्न ।











