आज ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम – Buletnews
आज ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम

३३ जिल्ला तथा आसपासका बासिन्दालाई होसियारी अपनाउन बाढी महाशाखाको सुझाव

  • बुलेट न्युज

बाँके:वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न जिल्लामा बाढीको जोखिम पनि बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज  (मंगलबार) बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कतातह भन्दा तल छ भने बबई नदीको बहाव सतर्कता तहआसपास तथा बढ्दो छ।

ससाना नदीका हकमा आज रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

यसैगरी आज इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ।उल्लिखित ३३ जिल्ला तथा आसपासका बासिन्दालाई होसियारी अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्