काठमाडौ: निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट बाहिरिएका छन्। २३ र २४ गते भएको जेनजीको आन्दोलन चर्किएपछि राजीनामा दिएर २४ गते दिउँसो सेनाको हेलिकप्टरमा ब्यारेक पुगेका ओली बिहीबार दिउँसो डेरा फर्किएका हुन्।
यसअघि निजी निवास बालकोटमा बस्दै आएका ओलीको घर आन्दोलनकारीले जलाएका छन्। अहिले उनका लागि भक्तपुरस्थित गुण्डुमा डेरा खोजिएको छ। सबै व्यवस्था भएपछि एमाले नेता कार्यकर्ताले उनलाई गुण्डु पुर्याएका हुन्।
‘उहाँ सैनिक ब्यारेकबाट बाहिर आउनु भयो। केही दिन उहाँ अब गुण्डु बस्नुहुन्छ’ एमाले नेता महेश बर्तौलाले भने। अहिले ओली निवासमा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ।











