एक लाख घुससहित दैलेख डुंगेश्वरका लेखा अधिकृत पक्राउ – Buletnews
एक लाख घुससहित दैलेख डुंगेश्वरका लेखा अधिकृत पक्राउ

डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा .....

  • बुलेट न्युज

सुर्खेत: एक लाख रूपैयाँ घुससहित दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की पक्राउ परेका छन्।

लेखा अधिकृत सातौँ तहमा कार्यरत कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगरबाट बिहीबार साझ पक्राउ गरेको हो।

डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसवापत एक लाख रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार कार्कीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्