कुशे गाउँपालिका अध्यक्षमाथी हतियारधारी समुहले गर्यो आक्रमन, दुई जना घाईते – Buletnews
कुशे गाउँपालिका अध्यक्षमाथी हतियारधारी समुहले गर्यो आक्रमन, दुई जना घाईते

अपरिचित समूहले खुकुरी प्रहार गरेको प्रारम्भिक जानकारी

  • बुलेट न्युज

मोटरसाइकलमा सवार अध्यक्ष बस्नेत र उनका साथमा रहेका अन्य व्यक्तिलाई तीन\चार जनाको समूहले खुकुरीसहित आक्रमण गरेको उपाध्यक्ष सिंहले बताइन्।

प्रहरीले घटनामा अध्यक्षसहित दुई जना घाइते भएको पुष्टि गरेको छ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी वसन्तकुमार शर्माका अनुसार अपरिचित समूहले खुकुरी प्रहार गरेको प्रारम्भिक जानकारी आएको छ।

प्रहरीका अनुसार दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीहरू हाल फरार छन्। घाइतेहरूको उपचारका लागि सुर्खेततर्फ ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्