धानका फाँटले मनमोह देखियो बर्दिया – Buletnews
धानका फाँटले मनमोह देखियो बर्दिया

राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ

  • बुलेट न्युज

बर्दिया : बर्दिया पश्चिमी तराई भू–भाग हो। लुम्बिनी प्रदेशमा पर्ने बर्दियालाई पश्चिमको अन्नको भण्डारका रुपमा लिइन्छ।

बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ।

तस्बिरमा देखिएका धानका बाला झुलेका फाँटहरू राजापुर नगरपालिकाका हुन्। यी धानका फाँटहरु अहिले मनमोहक देखिएको छ।

राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ । विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आर्कषित हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्