मनकामना केवलकार तीन दिन बन्द रहने – Buletnews
मनकामना केवलकार तीन दिन बन्द रहने
  • बुलेट न्युज

चितवन: मनकामना केबलकार तीन दिनका लागि बन्द गरिएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आज असोज १५ देखि १७ गतेसम्मका लागि केबलकार सेवा बन्द गरिएको जानकारी दिए।

असोज १८ देखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ। यो नेपालको पहिलो केबलकार हो।

प्रतिक्रिया दिनुहोस्