मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सन्चालनमा, जवाङ खोलाको पहिरो हटाईयो – Buletnews
चितवनको तुइन खोला सामान्य अवरोध
मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सन्चालनमा, जवाङ खोलाको पहिरो हटाईयो

पहिरोका कारण केही समय अवरुद्ध भएको सडकको आवागमन अहिले सञ्चालनमा

  • बुलेट न्युज

चितवन:  मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो झरिरहेकाले एकतर्फी मात्र सडक सञ्चालन गरिएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पानीसँगै पहिरो खसिरहेकाले तुइन खोला क्षेत्रमा सवारी आवागमन एकतर्फी संचालनमा गरिएको हो।

सडक डिभिजनको सूचनामा भनिएको छ, ‘पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नु हुन र गर्नैपर्ने भए जानकारी लिएर सुरक्षा निकायको समन्वयमा मात्रै सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रुमहानुभावलाई हार्दिक अनुरोध गर्दछौं।’

सडक जिभिजन भरतपुरका अनुसार मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिक खसेको पहिरो भने हटाइएको छ। पहिरोका कारण केही समय अवरुद्ध भएको सडकको आवागमन अहिले सञ्चालनमा आएको हो।

चितवन प्रहरीले सूचना सार्वजनिक गर्दै भनेको छ, ‘चितवन , धादिङ र तनहुँका प्रमुख सडक बन्द रहेका छन्। चितवनको तुइन खोला सामान्य अवरोध छ।’

प्रतिक्रिया दिनुहोस्