धनगढीबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते – Buletnews
दुर्घटनामा २ जना गम्भीर घाइते
धनगढीबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर

  • बुलेट न्युज

ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्