ढकेरीको झिझिरी खोला किनारमा रहेको वन तथा भू–संरक्षण विभागको भवन जिर्ण अवस्थामा – Buletnews
ढकेरीको झिझिरी खोला किनारमा रहेको वन तथा भू–संरक्षण विभागको भवन जिर्ण अवस्थामा

समयमै संरक्षण र व्यवस्थापन नगरेमा उक्त क्षेत्रका सम्पूर्ण संरचनाहरू पूर्ण रूपमा ध्वस्त हुने खतरा बढ्दै

  • बुलेट न्युज

बाँके: राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित झिझिरी खोला किनारमा वन तथा भू–संरक्षण विभागले करोडौं रूपैयाँ खर्च गरेर निर्माण गरेका भवन र संरचनाहरू अहिले जीर्ण अवस्थाको सामना गरिरहेका छन् ।

सुरक्षाको अभावमा ती भवनहरूमा तोडफोड हुन थालेका छन् भने भित्र रहेका सामग्रीहरू समेत चोरी भइसकेका छन् । भवनहरू प्रयोगविहीन रहँदा स्थानीयले पटक–पटक ती संरचनालाई प्रयोगमा ल्याउनका लागि सरकारसमक्ष माग राख्दै आएका छन् ।

प्रदेश सांसद कृष्ण केसी नमुनाले स्थल निरीक्षणका क्रममा ती भवनहरू वेवारिसे अवस्थामा रहेको बताउँदै, स्थानीय सरकारलाई हस्तान्तरण गरेमा संरचनाको संरक्षण र प्रभावकारी उपयोग हुने सुझाव दिएकी छिन ।

स्थानीयवासीका अनुसार, समयमै संरक्षण र व्यवस्थापन नगरेमा उक्त क्षेत्रका सम्पूर्ण संरचनाहरू पूर्ण रूपमा ध्वस्त हुने खतरा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्