अर्घाखाँचि र बाँकेमा गरि ३ जनाको मृत्यु – Buletnews
अर्घाखाँचि र बाँकेमा गरि ३ जनाको मृत्यु

इन्भर्टरको तार छुटाउँदा लाग्यो करेन्ट

  • बुलेट न्युज

बाँके:  छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो । उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए। गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरि बाँकेमा इन्भर्टरको तार छुटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। खजुरा गाउँपालिका-७ चाईना भट्टा निवासी २४ वर्षीय रोहित बढैको बुधबार साँझ मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका-१९ सुर्जेगाउँस्थित एक घरमा जडान गरिएको इन्भर्टरको तार छुटाउने क्रममा बढैलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्