बाँके राष्ट्रिय निकुञ्जका रेन्जर कुटिए – Buletnews
बाँके राष्ट्रिय निकुञ्जका रेन्जर कुटिए

बाघको आक्रमण पछि बाँके राष्ट्रिय निकुञ्जले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित

  • बुलेट न्युज

बाँके : राप्तीसोनारी ९ बुच्चापुरका स्थानियले राष्ट्रिय निकुञ्जका रेन्जरलाई कुटपिट गरेका छन् । उनीहरुले बाघले मान्छेको ज्यान जाने गरि आक्रमण गर्दा बेवास्ता गरेको भन्दै निकुञ्जका रेन्जर जयहरी धिताललाई कुटपिट गरेका हुन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको गयराती बाघको आक्रमणबाट मृत्यु थियो । आक्रमण पछि बाँके राष्ट्रिय निकुञ्जले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका निए । सोहीक्रममा स्थानियले रेन्जर धिताललाई कुटपिट गरेका हुन् ।

मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका दल बहादुर खड्कालाई समेत मृतकका आफन्त र स्थानीयले हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया दिनुहोस्