त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपाल आज चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै – Buletnews
त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपाल आज चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै
  • बुलेट न्युज

काठमाण्डौ: इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज (सोमबार) चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ।

भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय साँझ सवा ६ बजे सुरु हुनेछ।

नेपालमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। साफमा नेपाली महिला फुटबल टोली विजयी भएको थियोे।

आजको खेलमा पनि नेपाल सोही लय कायम राख्न चाहन्छ।  उता एसियन कपमा छनोट भैसेकेको भारत पनि नेपाललाई पराजित गर्ने रणनीतिमा हुनेछ।

जारी शृंखलामा नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले हारेको छ। यो हारसँगै नेपाल उपाधिबाट टाढिएको थियो।

त्रिकोणात्मकपछि नेपाल र भारतबीच कात्तिक १३ गते फेरि मैत्रीपूर्ण खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्