जात्राका लागि चार दिन सार्वजनिक बिदा – Buletnews
जात्राका लागि चार दिन सार्वजनिक बिदा
  • बुलेट न्युज

बाँके : बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयले यही कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको हो । कात्तिक ११ र १२ गते प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।

शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी पुग्छन्। शिवनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्छ।

प्रतिक्रिया दिनुहोस्