बाँके: राप्ती सोनारी २ टिकुलीपुरमा तीन दिनसम्म श्री सिद्ध साहिकुमारी डिग्रे मेला लाग्ने भएको छ। कार्तिक १८ गतेदेखि २० गतेसम्म विगतका बर्ष झैँ यो वर्ष पनि मेला लाग्ने भएको हो।
दिनभर खेलहरू भलिबल, ब्याडमिन्टन र रातको समयमा स्थानीय कलाकारदेखि लिएर राष्ट्रिय स्तरका कलाकार, विद्यार्थीहरूको नृत्य, झाग्री नाच, रुक्मेली सिंगारु नाचहरुको बिजोड प्रस्तुति हुनेछ।
स्थानीय कला संस्कृतिको संरक्षण सम्बद्धरण तथा धार्मिक पर्यटन तथा व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सदा बर्ष झैँ यो वर्ष पनि मेला लाग्ने तयारी पूरा भएको मेला व्यवस्थापनका समिति सदस्य विशाल केसीले बुलेट न्युजलाई जानकारी दिए ।











