फुट्यो बिप्लप नेकपा : पुनलाई महासचिव राख्दै ७५ सदस्यीय केन्द्रीय समिति घोषणा – Buletnews
फुट्यो बिप्लप नेकपा : पुनलाई महासचिव राख्दै ७५ सदस्यीय केन्द्रीय समिति घोषणा

नेकपाभित्र हाल कायम १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको दाबी पुनको दाबी

  • बुलेट न्युज

काठमाडौं:पछिल्लो समय संकटग्रस्त बन्दै गएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ।

नेकपा माओवादी केन्द्रसँगको एकता वार्ता अलमलमा परेर केही दिनअघि मात्रै पार्टी दर्ता गराएका विप्लवलाई अर्को झट्का लागेको हो ।

चिरन पुन ‘मिलन’ को नेतृत्वको एउटा समूहले नेकपा फुटाएको छ । पुनलाई महासचिव राख्दै ७५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ ।

नेकपाभित्र हाल कायम १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको दाबी पुनले गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा माओ‌वादीले अगुवाइ गरिरहेको समाजवादी मोर्चामा आवद्ध छ । मोर्चासँग आवद्ध नेकपा र नेकपा एकीकृत समाजवादी पार्टी माओवादीमा गाभिने चर्चाबीच अर्को विभाजन भएको हो ।

उता चिरनले भने समाजवादी मोर्चाका दलहरूसँग मिल्न विद्रोह गरेको जिकिर गरेका छन् ।

गत भदौको जेन-जी आन्दोलनयताको परिवर्तित राजनीतिक अवस्थामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकता तयारीमा छन् । नेकपा एसले जारी केन्द्रीय कमिटी बैठकबाट एकताको निर्णय गर्दैछ ।

यसबीचमा समाजवादी मोर्चालाई एउटा पार्टी बनाउँदा विप्लवले नेतृत्वमा दाबी गरेका थिए ।

विप्लवको उक्त दाबीले समाजवादी मोर्चा छाडेर एकीकृत समाजवादी र माओवादी मात्रै मिल्न लागेका छन् । यस्तोमा विप्लवबाट छुटेका चिरनले आफ्नो समूहलाई माओवादी मिसाउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्