डिजेल र मट्टितेलको मूल्य प्रती लिटर एक रुपैयाँले घट्यो – Buletnews
डिजेल र मट्टितेलको मूल्य प्रती लिटर एक रुपैयाँले घट्यो
  • बुलेट न्युज

बाँके: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक रेको छ।  निगम सञ्चालक समितिको बैठकको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ।

गएराति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढेको छ।

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्