बर्दियामा धान काट्ने कम्पाइन हार्भेस्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु – Buletnews
बर्दियामा धान काट्ने कम्पाइन हार्भेस्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु

मृत्यु हुनेमा गेरुवा गाउँपालिका –२ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल

  • बुलेट न्युज

बार्दिया: बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका –२ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन् ।

धान काटेर फर्कदै गरेको कम्पाइनले दिउँसो साढे २ बजेको समयमा हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्रकुमार बुढाथोकीले बताए  । दुर्घटना पश्चात् हमाललाई तत्काल राजापुर नगर अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

कम्पाइन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्