पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पापादन तथा सेवन गर्न निषेध – Buletnews
पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पापादन तथा सेवन गर्न निषेध
  • बुलेट न्युज

काठमाडौ : स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ।

यही मंरिस ३ गते परेको बालाचतुर्दशी (शतविजारोपण) पर्वका अवसरमा यस्तो निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।

सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्ला कायम गरेर मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ।

सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार किल्ला तोकिएका क्षेत्रः

पूर्वतर्फ-तिलगङ्गा र गुहेश्वरीतर्फको क्षेत्र
पश्चिमतर्फ- गौशाला, मित्रपार्क र चक्रपथ सडक
उत्तरतर्फ- मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक
दक्षिणतर्फ- गौशाला, तिलगङ्गा र चक्रपथ सडक

प्रतिक्रिया दिनुहोस्