बाँकेमा सवारी दुर्घटना एक जनाको मृत्यु – Buletnews
बाँकेमा सवारी दुर्घटना एक जनाको मृत्यु

घाईतेको शिक्षण अस्पतालमा ल्याई उपचार गर्ने क्रममा ८: ४५ वजे मृत्यु

  • भुवन थापा

बाँके: बाँकेको राप्ती सोनारी २ अगैयामा आज बिहान ७: २० वजेको समयमा सवारी दुर्घटना भएको छ ।  कोहलपुरवाट काठमाडौ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पुर्ववाट आउदै गरेको वा प्र ११४५ नम्बरको बस राप्तीसोनारी गापा २ अगैया वजारमा एक आपसमा ठोकिदा  उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक जिल्ला कञ्चनपुर पुर्नवास गा पा वडा न ९ घर भइ्र्र हाल जिल्ला वर्दिया गुलरिया न पा ६ वुद्ध टोल वस्ने वर्ष ४४ को कृष्ण घर्ती क्षेत्री घाइते भई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याई उपचार गर्ने क्रममा ८: ४५ वजे मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका छन  । हाल सम्म आफन्त कोहि नआएको प्रहरीले जनाएको छ । वस चालक अगैया प्रहरी चौकिको नियन्त्रणमा रहेको।

प्रतिक्रिया दिनुहोस्