बन्दुक बोक्ने “बिप्लब” अब बोक्नेछन गुलाफको फुल – Buletnews
बन्दुक बोक्ने “बिप्लब” अब बोक्नेछन गुलाफको फुल
  • बुलेट न्युज

काठमाडौं:  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले १०५ सदस्यीय केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा पेश गरेको छ। पार्टीले ‘गुलाबको फूल’ निर्वाचन चिन्ह प्रस्ताव गर्दै महासचिवमा विप्लव र प्रवक्तामा खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहने गरी समिति दर्ता गरेको हो।

समितिमा स्थायी सदस्य ६ जना छन्, जसमा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सन्तोषकुमार बुढामगर, छबिलाल सापकोटा, उमा भुजेल र भरतबहादुर बम रहेका छन्। २५ सदस्यीय पोलिट ब्यूरोमा महासचिव, प्रवक्ता र स्थायी सदस्य बाहेक १९ जना रहेका छन्। पोलिट ब्यूरोमा देवानराज राई, नन्दबहादुर बुढामगर, माईला लामा, वालाराम थापा, भेषराज भुसाल, चुडामणि वली, अम्मरसिंह झाँक्री, केशबहादुर बाँठा, सावित्रा गुरुङ दुरा, खुमा सुवेदी लगायत ९ जना सदस्य रहेका छन्।

समितिमा महिलाको प्रतिनिधित्व ३५ जना अर्थात् ३३ प्रतिशत रहेको छ। स्थायी समितिमा एक जना महिला (उमा भुजेल) र पोलिट ब्यूरोमा ४ जना महिला सदस्य रहेका छन्। दलितको प्रतिनिधित्व १६ जना अर्थात् १५ प्रतिशत छ।

विशेष रूपमा पार्टी प्रवक्ता प्रकाण्डको गृह जिल्ला कालिकोटबाट १६ जना, र रोल्पाबाट १२ जना सदस्य रहेका छन्। महासचिव विप्लवको गृह जिल्ला कपिलवस्तुबाट ५ जना सदस्य रहेका छन्।

तीन वर्षअगाडिको नवौँ महाधिवेशनका केन्द्रीय सदस्यहरू केही नयाँ सदस्यहरूसँग प्रतिस्थापित भएको समाचार छ। कतिपय जिल्लाबाट एक जना मात्रै प्रतिनिधित्व भएको छ भने कतिपय जिल्लाबाट कुनै पनि प्रतिनिधि छैन।

विप्लव नेतृत्वको पार्टीले यस नामावलीमार्फत आफ्नो संगठनात्मक पुनर्संरचना र राजनीतिक गतिविधि अघि बढाउने संकेत दिएको छ।

यस्तो छ १०५ सदस्यीय केन्द्रीय समिति

महासचिव- नेत्रबहादुर चन्द

प्रवक्ता- खड्कबहादुर विश्वकर्मा

स्थायी समिति सदस्य

सन्तोषकुमार बुढामगर

छबिलाल सापकोटा

उमा भुजेल

भरतबहादुर बम

पोलिटब्युरो सदस्य

देवानराज राई

नन्दबहादुर बुढामगर

माईला लामा

वालाराम थापा

भेषराज भुसाल

चुडामणि वली

अम्मरसिंह झाँक्री

केशबहादुर बाँठा

सावित्रा गुरुङ दुरा

खुमा सुवेदी

क्षेत्रबहादुर घिमिरे

एटम बिसी

नवीनकुमार विश्वकर्मा

बलबहादुर ओली

चन्द्रबहादुर खड्का

बन्धु चन्द

राजुप्रसाद पौडेल

देवनारायण शाह

कान्छाराम तामाङ

केन्द्रीय समिति सदस्य

पूर्णजित पुन

चन्द्रबहादुर बुढाथोकी

नहकुलबहादुर शाही

टेकबहादुर पुन

पदम केसी

सुन्दरकुमार वली

बालकृष्ण शर्मा

रंगवीर परियार

धिरेन्द्रा उपाध्याय

बिबेक कुमाल

कमानकिरण नकाल

तिर्थबहादुर राई

सदर ओली

बत्र्येबहादुर राई

सम्झना घर्ती

कर्णबहादुर भण्डारी

दण्डविक्रम विश्वकर्मा

सुमनसिंह पौडेल

खगेश्वर केसी

सिता बिक

दिपराज शेर्पाली

देवकुमार साँवा

धनबहादुर बोगटी

संजिव नेपाली

दलबहादुर खत्री

देबराज गुरुङ

त्रिलोचन विश्वकर्मा

लालसिंह थिङ

भिमसेन घिमिरे

मनिकर्ण केसी

प्रदिपबहादुर वली

गणेश बोगटी

शक्ति बिक

कलम सिंह

देबहादुर थापा

बेगबहादुर बुढा

दानबहादुर फडेरा

राजकुमारी शाही

चिरन्जिबी ढकाल

बलबहादुर बुढा

राम घलान

हिक्मतबहादुर मल्ल

मीनादेवी धामी

चन्द्रबहादुर बुढा

जनकबहादुर बिष्ट

शेखर शर्मा

जितबहादुर लामा

कृष्णहरी सैजु

शोभा दुलाल

सन्तोषी बिक

लक्ष्मी तामाङ (प्रधान)

उमा घर्ती (घिमिरे)

सुशिला बिक

विपनादेवी मल्ल

सन्तोषी महर्जन

सुनिता राई

गुमानी गर्बुजा

पवित्रा विक

कमलादेवी कन्दहवा

दिर्शानाकुमारी शाही

जानकी चौधरी

ममिता रुचाल

सिता शाह

कल्पना रोकाय

बसन्ती जिसी

कान्छी चौधरी

लक्ष्मी सार्की

अविसरा खड्का

पवित्राकुमारी बिक

कल्पना रोकाया

रोशनी आङ्वो

कल्पना चनारा

रुकुमणी पुडासैनी (गौतम)

उषा पाठक

तारा संज्याल (रावल)

मेघबहादुर ढकाल

रामलाल विक

यमलाल कटवाल

मुनिलाल ऐडी

सुकमाया विक

प्रतिक्रिया दिनुहोस्