शमशेरगञ्जमा १८ दिने विपत् स्वयंसेवक परिचालन तालिम सम्पन्न – Buletnews
शमशेरगञ्जमा १८ दिने विपत् स्वयंसेवक परिचालन तालिम सम्पन्न
  • बुलेट न्युज

बाँके:  राप्ती सोनारी ८ शमशेरगञ्जमा अवस्थितसशस्त्र प्रहरी बल नेपाल न. ४२ रिजर्भ गन हे. क्वा शमशेरगञ्जमा विपत् स्वयंसेवक परिचालन तालिम सम्पन्न भएको छ् । कार्तिक १९ गतेदेखि सञ्चालन भएको कार्यक्रम मङ्सिर ११ गते सम्पन्न भएको थियो।

तालिम सहजीकरण तथा सहकार्य सशस्त्र प्रहरी बल नेपाल न. ४२ रिजर्भ गन हे. क्वा र बिइ ग्रुप ( Bee Group) ले गरेको थियो भने आर्थिक सहयोग Aktion Deutschland Hilft र Awo international संस्थाले र समन्वय राप्ती सोनारी गाउँपालिकाले गरेको थियो।

विपतको समयमा बाढीपहिरो आउँदा कसरी बच्ने, रुखबाट खसेपछि कसरि प्राथमिक उपचार गर्ने, ग्यासमा आगो लागेपछि क्षति हुन नदिई कसरी रोकथाम गर्ने जस्ता अन्य कार्यक्रमहरू सञ्चालन भएको थियो। उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका इन्सपेक्टर, सशस्त्र प्रहरी बलका प्रमुखहरू, राप्ती सोनारी गाउँपालिकाकि उपाध्यक्ष र विद्यार्थीहरूको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्