सतही ज्ञानले समाजलाई सही दिशामा डोराउन कठिन हुन्छ – Buletnews
सतही ज्ञानले समाजलाई सही दिशामा डोराउन कठिन हुन्छ

अहिले जेन्जियुग चलेको छ। जेन्जी युग भनेको नमान्ने गरेको निर्णयमा नअडिने आफूलाई भए खुसी व्यक्त गर्ने आफूलाई नभए विरोध गर्ने धैर्य गर्ने आँट पनि नगर्ने

  • सूर्य ढकाल

नेकपा नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ २८ र २९ गते काठमाडौँमा सम्पन्न हुन गइरहेको छ। एघारौँ राष्ट्रिय महाधिवेशनको लागि क्षेत्रबाट निर्वाचित तथा पदेन गरी २२०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। दोस्रो विधान महाधिवेशनबाट नीति र विधि सर्वसम्मत ढंगले पारित गरिसकेको छ।

जेन्जी आन्दोलनपछि बदलिएको राजनीतिक प्रस्तुतिलाई समेत त्यसपछि बसेको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतले राजनीतिक प्रतिवेदन पास गरेको छ। २३ गते दिउँसो ३ बजे सम्मका जेन्जियरले उठाएका माग र मुद्दाहरू समर्थन गर्ने सम्बोधनको निम्ति पहल गर्ने र ३ बजेपछि र २४ गते भएका तोडफोड लुटपाट आग्जनीमा सहभागी भएका र गराउन उत्प्रेरित गर्नेहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने त्यस्ता घटनाहरूको वर्षना गर्ने र विरोध गर्ने ।

असंवैधानिक रूपमा विगटित गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गरी जेन्जीका माग र मुद्दाहरूलाई सम्बोधन गर्ने र जेन्जी सहितको सरकार निर्माण गरी चुनावको मिति तयार गर्ने हिजो एमालेमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अहिले नरहनुभएका साथीहरुलाई पुन एमालेमा फर्काउन पहल गर्ने लगायतका प्रस्तावहरू सर्वसम्मतले पारित गरेको छ।

विधान महाधिवेशनबाट पारित गरेको नीति र विधिलाई बोक्ने नेतृत्व छनौट गर्न प्रतिनिधि छनौटको प्रक्रिया तीव्र गतिले अगाडि बढिरहेको छ। एघारौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनोटको लागि एउटा पोस्टको लागि १५ जनासम्म उम्मेदवार उम्मेदवारी दाखिला गरेका छन्। यो आफैमा राम्रो पक्ष पनि हो। यो सँगसँगै नेकपा एमाले जस्तो विशाल पार्टीमा प्रतिनिधि हुन र केन्द्रीय सदस्य लड्नको लागि योग्यता क्षमता निरन्तरता कति आवश्यक पर्छ भन्ने कुरा थोरैले मात्रै हेक्का राखेको पाइन्छ।

अहिले जेन्जियुग चलेको छ। जेन्जी युग भनेको नमान्ने गरेको निर्णयमा नअडिने आफूलाई भए खुसी व्यक्त गर्ने आफूलाई नभए विरोध गर्ने धैर्य गर्ने आँट पनि नगर्ने। सूचना र प्रविधिको विकाससँगै वैचारिक र सैद्धान्तिक ज्ञान भएन भने पार्टी भित्र होस् या बाहिर आन्दोलन अन्तत तोडफोड आग्जानी र लुटपाटको रूपान्तरण हुन्छ र हुँदो रहेछ भन्ने कुरा जेन्जी आन्दोलनबाट प्रष्ट भएको छ। २००७ सालको आन्दोलन २०४६ सालको जनआन्दोलन २०६२/ ६३ सालको जनक्रान्ति वैचारिक र सैद्धान्तिक जगबाट सञ्चालित भएका आन्दोलनहरू थिए। सङ्घर्षहरू थिए। ती आन्दोलन र संघर्षहरुमा तोडफोड आग्जानी लुटपाट जस्ता क्रियाकलापहरु भएनन्। त्यसबेला आन्दोलन गर्नेहरू पनि जनजी नै थिए नेतृत्वसहित। राणाशासनको विरोधमा सहादत प्राप्त गर्ने गंगलालको उमरी उमेरै १९ वर्षको थियो।

४६ सालको जनआन्दोलनमा सहिद भएका सहिदहरूको उमेर हामीले हेर्यौ भने ३३ वर्षभन्दा मुनिका नै छन् ६२ /६३ को आन्दोलनका सहिदहरूको पनि उमेर जेन्जि उमेर समूह हरेक आन्दोलनको अगुवाई युवाहरुले नै गर्ने हो। हिजो पनि आज पनि भोलि पनि आन्दोलनको नेतृत्व युवाहरुले नै गर्ने हो। अहिले मात्रै जन्जिरले गरेका होइनन् भविष्यमाको आन्दोलन पनि जनजीहरूले गर्ने नै छन्। तर अहिलेका अगुवाहरुले आउने पुस्तालाई वैचारिक र सैद्धान्तिक ज्ञान इतिहासको ज्ञान भूगोलको ज्ञान राष्ट्रियताको ज्ञान के गर्ने र के नगर्ने विषयको ज्ञान दिन सकिएन भने ९२ सालमा योभन्दा रक्तपात योभन्दा तोडफोड योभन्दा आग्जनी हुने खतरा पनि उत्तिकै छ।

नेपाली कांग्रेसका सभापति जेन्जिका नाममा कुटिदा नेपाली कांग्रेसले त्यसको विरोधमा विज्ञप्ति समेत प्रकाशित गर्न सकेन। प्रकाशित गरिएको विगतमा सभापतिको स्वास्थ्य लाभको कामना पनि गरेन यसपटक के पुष्टि हुन्छ भने अहिलेका राजनीतिक दल र तिनका कार्यकर्ताहरूमा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा निकै ठूलो ह्रास आएको छ। यसबाट के पुष्टि हुन्छ भने पद र सत्ताप्रति अहिलेका राजनीतिक दलका नेता र कार्यकर्ताहरू को आसक्ति देखिन्छ। कार्यालय तोडफोड हुँदा बीपी पुष्पलाल गणेशमान र कृष्णप्रसाद भट्टराईको सालिकहरूमा तोडफोड गर्दा कांग्रेस त बोल्नै सकेन एमाले मधुरो स्वरमा बोल्यो। तर एमाले बोल्यो।

पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा दर्शन राजनीतिक अर्थशास्त्र वर्ग संघर्षको सिद्धान्त इतिहास र नेपाली समाज तथा संस्कृतिका बारेमा चासो राख्ने अध्ययन गर्ने प्रवृत्ति घट्दै गएको छ ।आम सञ्चार माध्यम र विशेषगरी सामाजिक सञ्जालमा बढी पढिने र सुरु नै विषयबाट नयाँ पुस्ता बढी प्रभावित हुने गरेको छ। यस विषयमा नेकपा एमालेले बढी हेक्का राख्नुपर्छ। सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्राप्त हुने सतही ज्ञानले समाजका नयाँ नयाँ घटनाक्रमलाई बुझ्न र तदनुरुप समाजलाई सही दिशामा डोर्याउन कठिन हुन्छ भन्ने कुरा जेन्जीको आन्दोलनबाट पुष्टि भएको छ।

जेन्जीका अगुवा भाइबहिनीहरूले भनिरहेका छन् हामी फुट्यौ हामीलाई जुटाइदिनु पर्यो हाम्रो आन्दोलन पानी बाँड्नेहरूले हाइजक गरे लुसिफरहरूले आन्दोलनलाई अराजकतामा रूपान्तरण गरिदिए।
नयाँमा मात्रै होइन पुराना कार्यकर्ताहरूमा पनि पछिल्लो समयमा अध्ययन गर्ने छलफलमा भाग लिने प्रवृत्तिमा निकै कमी आएको छ। यतिसम्म कि पार्टीका दस्तावेज र निर्देशनहरू समेत गम्भीरतापूर्वक पढ्ने र ग्रहण गर्ने प्रवृत्ति कमजोर भएको छ। समाज र पार्टीलाई डोराउने मुख्य विषय नै विचार सिद्धान्त हो। विचार र सिद्धान्तले लेस भएका कार्यकर्ताहरूको पंक्तिले मात्रै पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध रहन सक्छ। समयको मूल्याङ्कन गर्छ अग्रजलाई सम्मान गर्छ ठिक समयमा ठिक जिम्मेवारी माग गर्छ लिएको जिम्मेवारी पूरा गर्छ। नेतृत्वले दिएको निर्देशनलाई आत्मसात गर्छ। भविष्यमा अगाडि बढ्ने संकल्प गर्छ।नत्र जिम्मेवारी माग्ने अवसर खोज्ने अवसर नपाए जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति अहिले राजनीतिक दल भित्र देखा परेको छ।

अवसरवाद र अराजकतावादलाई लगाम लगाउने तागत समेत हामीले आत्मसात गरेका सिद्धान्त नीति र कार्यक्रमहरूबाट प्राप्त गर्न सकिन्छ। तर यतिबेला त्यसको बुझाइमा एकरुपताको समस्या देखिन थालेको छ। जसका कारणले सिद्धान्तलाई सही मानेमा व्यवहारमा कार्यान्वयन समस्या देखिन थालेको छ।
एघारौँ राष्ट्रिय महाधिवेशनको लागि विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरू सर्वसम्मत रुपले पारित भएका छन्। विधान महादेशबाट स्वीकृति विचारले हामीलाई अर्को महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध बनाउने बनाउने सामर्थ्य राख्छन्। तर नेतृत्व चयनको प्रक्रियामा भएको र हुने अस्वस्थ प्रतिस्पर्धाले वैचारिक र राजनीतिक रूपमा कुनै न कुनै रुपमा मतभेद प्रकट गर्ने वैचारिक एकरुपता कायम गर्न बाधा पुर्याउने काम हुने गरेको छ। यसपटक पनि त्यस्तै छन् त्यस्तै गतिविधिहरू देखिन थालेको छ ,अहिलेको बेला त्यो सोभनीय कुरा होइन।

पद प्राप्तिको लागि पार्टीका घोषित नीतिहरूको बुझाइ र व्याख्यामा पनि समस्या देखाउने र देखिने गरेको छ। प्रक्रियामा सहभागी हुने विधिबाट निस्केको परिणामलाई नस्वीकार्ने प्रवृत्ति झाँगिँदै गएको छ। नीति र विचारभन्दा आफूलाई लागेको कुरा गर्ने विधिभन्दा बाहिर गएर व्यक्त गर्ने अराजक प्रवृत्ति झाँगिँदै गएको छ। पछिल्ला समयमा पार्टीमा वैचारिक विवाद सिर्जना गर्ने अनुचित कोसिस हुँदा कार्यकर्ता पंक्ति पनि दस्तावेज अध्ययन गरेर भन्दा आमसंचार माध्यम र सामाजिक सञ्जालका प्रक्रियाबाट प्रभावित हुन थालेको छ। कतिपय अवस्थामा महाधिवेशनबाट पारित नीति नै सामाजिक सञ्जालका माध्यमबाट नियोजित रूपमा प्रतिस्थापना गरिने खतरा उत्पन्न हुने गरेको छ। यसलाई पार्टी नेतृत्व र आम कार्यकर्ताले ठिक ढंगले बुझ्नुपर्छ। सामाजिक सञ्जालबाट हुने लोकप्रियतालाई वैचारिक र सांगठनिक रुपमा रूपान्तरण गर्न सक्नुपर्छ। यसो गर्न सकियो भने मात्रै भिडबाट पार्टी,समाज र राष्ट्रलाई सही दिशा निर्देशन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्