बाँके: आज २०८२ साल मंसिर १४ गते आइतबार तदनुसार सन् २०२५ नोभेम्बर ३० तारिख । मंसिर शुक्ल पक्षको दशमी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।
यस्तो छ पूजा गर्ने विधि:
आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ।
पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ। त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्। ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।











