दिब्य बिद्या सदनमा मिनि ‘टुनामेन्ट’ (फोटो फिचर) – Buletnews
दिब्य बिद्या सदनमा मिनि ‘टुनामेन्ट’ (फोटो फिचर)

आफना सन्ततीले खेल्ने खेलका अनेकन विधाहरुको अवलोकन गर्न अभिभावक समेत विद्यालयमा आउदा विद्यालयको माहोल नै रोमाञ्चक

  • बुलेट न्युज

कोहलपुर,बाँके: विद्यालयको बार्षिक क्यालेण्डर अनुरुप कोहलपुर नगरपालिका वडा नं. ६ मा अवस्थित दिब्य विद्या सदनले आफनो विद्यालयको हाताभित्र बार्षिक खेल सप्ताह गर्दै मिनि टुनामेन्टको शुभारम्भ गरेको छ । बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै विद्यालयले विद्यार्थीहरुको चौतफि विकासमा खेल विधाको महत्वपुर्ण भुमिका रहने भन्दै मिनि टुनामेन्टको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नारायण पंगेनीले बुलेट न्युजलाई वताए ।

विद्यालयमा रहेका विद्यार्थीहरुलाई चार सदनमा बिभाजित गरि आयोजना गरिएको टुनामेन्टमा चारै सदनका वालवालिकाले मार्चपास गरेका थिए भने खेल शुभारम्भको पुर्वाधमा मसाल बालेर खेल मैदान परिक्रमा गराउदा डिभिएसको खेल उत्सव एउटा मिनि टुनामेन्ट जस्तै देखिएको विद्यालयमा खेल हेर्न आएका अभिभावकहरुले प्रतिक्रिया दिए । आफना सन्ततीले खेल्ने खेलका अनेकन विधाहरुको अवलोकन गर्न अभिभावक समेत विद्यालयमा आउदा विद्यालयको माहोल नै रोमाञ्चक भएको कोहलपुर नगरपालिका वडा नं. ७ का वडा सदस्य गोविन्द वाग्लेले वताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा आयोजित खेल उदघाटन शत्रमा खेलाडिहरुलाई राष्ट्रिय भलिवल खेलका पुर्व रेफ्रि महेश चन्दले भलिवल तथा फुटवल हस्तान्तर गरे भने उनी लगाएत उपस्थित अन्य विद्यालय संबद्ध ब्यक्तिहरुले सदन अनुसारका जर्सि वितरण गरेका थिए । चार सदनविच हुने खेल मैत्रिपुर्ण रहने उल्लेख गर्दै विद्यालयका प्रिन्सिपल नारायण पंगेनीले वालवालिकाहरुविच आपसि प्रर्तिस्पर्धा मात्र नहुने उल्लेख गरे । उनले मित्रवत ब्यवहार, आत्मियताको परिचय, अनुसासन समेत देखिने खेल बिधामा वालवालिकाहरुको मानसिक तथा सारीरिक विकासलाई समेत टेवा पुग्नेमा जोड दिए ।

उनले यस बर्षदेखि विद्यालय हाताभित्रै खेल मैदान निर्माण गरिएकाले हरेक बर्ष यस्ता प्रतियोगितालाई विद्यालयले निरन्तरता दिने भन्दै विद्यार्थीहरुको संवेगात्मक विकासमा विद्यालय सदैव सचेत रहेको उल्लेख गरे । खेल अवधिभर विद्यार्थीहरु बुक तथा ब्याग लेस हुन्छन यसको मतलव उनीहरुले कुनै कुरा सिक्दैनन भन्ने होईन भन्दै अन्तरनिहित प्रतिभा प्रस्फुटित हुने फोरम विद्यार्थीहरुले पाउनेमा आफु विश्वस्त रहेको वताए ।

भलिवलका पुर्व राष्ट्रिय रेफ्रि महेश चन्दको प्रमुख आतिथ्यतामा आयोजित उदघाटन कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक अनुप शाहि, लेखापाल सीता शर्मा, मावि संयोजक गणेश रेग्मी, अतिरिक्त त्रियाकलाप संयोजक रुपेन्द्र खतिवडा लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गणेश शर्माले गरेका थिए ।

मिनि टुनामेन्टमा बिभिन्न कक्षा अनुरुप तथा वालवालिका सुहाउदा प्रतियोगिताहरु समाबेश गरिएको अतिरिक्त क्रियाकलाप संयोजक रुपेन्द्र खतिवडाले बुलेट न्युजसंग कुराकानिका क्रममा बताएका छन । उनले प्रि प्राईमरिकालागि पासिङ बल, रिङ गेम, ईन एण्ड आउट जस्ता गेमहरु समाबेश गरिएको उल्लेख गर्दै कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरु म्याथ रेस, चम्चा रेस, म्युजिकल चियर, बल ईन बास्केट लगाएतका खेलहरुमा सहभागिता जनाउने उल्लेख गरे ।

कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरु दौड, भलिवल लगाएतका खेलहरुमा समावेश हुनेछन भने सो कक्षा भन्दा माथिका वालवालिकाहरु भने दौडका अलावा लङजम्प, भलिवल, सर्टपुट, चेस, कपर्दि जस्ता खेलहरुमा सहभागिता जनाउनेछन । आज उदघाटन खेलमा विद्यालयले प्रकाशित गरेको खेल तालिका अनुरुपका खेलहरु हुने अतिरिक्त क्रियाकलाप संयोजक खतिवडाले वताए । खेल उत्सव आज १७ गतेदेखि शुरु भई १९ गते सम्म चल्ने छ भने १९ गते नै खेलमा उत्कृष्ठ खेलाडिहरुलाई पुरष्कृत गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्