नेपालबाट हट्यो पश्चिम वायुको प्रभाव – Buletnews
नेपालबाट हट्यो पश्चिम वायुको प्रभाव
  • बुलेट न्युज

बाँके:हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि मौसम महाशाखाले शनिबार साँझदेखि सोमबार साँझसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको थियो। तर महाशाखाले आज  (मंगलबार) बिहान ८ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।’ बुलेटिनअनुसार अहिले बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

कोसी प्रदेश, मधेस प्रदेशको तराई क्षेत्र र सुदूरपश्चिम प्रदेशका उपत्यकाका एक(दुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्