राजापुर हत्या काण्डमा संलग्न आरोपित ३ जना पक्राउ – Buletnews
राजापुर हत्या काण्डमा संलग्न आरोपित ३ जना पक्राउ
  • बुलेट न्युज

बर्दिया : राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरि हत्या गरिएको सम्बन्धमा तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

प्रहरीले थारुको मृत्यु भएको सम्बन्धमा तीन जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । घटनाका मुख्य अभियोगी फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

प्रहरीले थारु रेष्टुरेन्टमा सील गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गोली हानी चौधरीको हत्या किन गरियो भन्ने बारेमा अहिलेसम्म प्रहरीले जानकारी दिएको छैन । उनको शव पोष्टमार्टम लागि नेपालगञ्जमा राखिएको र रिपोर्ट आएपछि थप पुष्ट्याइँ हुने प्रहरीले जनायो ।

आफन्त भारतमा भएको र मंगलबारसम्म आइपुगेपछि पोष्टमार्टम गरिने प्रनि कार्कीले जनाए । प्रहरीले पक्राउ परेकाहरुको जानकारी पनि खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्