यस्तो रहनेछ आजको मौसम – Buletnews
यस्तो रहनेछ आजको मौसम
  • बुलेट न्युज

बाँके : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन।

बुधबार दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ ।

काठमाडौँ उपत्यका बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्