बाँके, कोहलपुर : पुर्खाले आर्जन गरेको नेपाली भुभाग, लिपुलेक र लिम्पियाधुराका सवालमा आज कोहलपुर चौराहमा अभियन्ता भुम भण्डारीले धर्ना बसेका छन्। प्रचण्ड गर्मी र महिलाहरुको महान पर्व तिजको बेलामा पनि उनले राष्ट्र र राष्ट्रियताको सवालमा आफ्नो अडान राख्दै उनी धर्नामा बसेका हुन ।
धर्नामा सहभागी भुम भण्डारीले भने, “हाम्रो भूमिको एक इन्चपनि सम्झौता हुन सक्दैन। सीमाका सवालमा जनचेतना फैलाउन हामी यहाँ छौँ।” उनका अनुसार, सीमाक्षेत्र र भू–भागमा विदेशी प्रभाव बढ्दै गएको अवस्थामा प्रत्येक नेपालीले आफ्नो भूमिप्रति सजग र सक्रिय हुन आवश्यक छ।

धर्ना स्थलमा स्थानीयबासी र विद्यार्थीहरूले पनि उपस्थित भई उनलाई समर्थन गरेका छन्। उपस्थित नागरिकहरूले भने, “देशको भूभाग सुरक्षित राख्न यस्तो जागरूकता आवश्यक छ। हामी पनि अभियन्तासँगै छौँ।”

विशेषज्ञहरूले यस धर्नालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै, “यसले नेपाली जनताको राष्ट्रियभाव जागृत गर्नेछ र सीमासम्बन्धी विषयमा सरकार तथा नागरिकबीच संवाद बढाउनेछ,” भनी बताएका छन्। आजै ११ बजेदेखि सुरु भई १ बजे सम्म रहने छ भने अभियन्ता भण्डारीले जनचेतना फैलाउने उद्देश्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्।











