नेपाल आजको दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ – Buletnews
नेपाल आजको दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ
  • बुलेट न्युज

Ashok Dhami Captain of Nepal interacts with media during the press conference ahead of the ACC Men’s U19 Asia Cup 2025 at the Dubai International Cricket Stadium, Dubai, United Arab Emirates, on 11 December 2025. Photo by Creimas for Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं: एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ । दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ ।

यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल आठ विकेटले पराजित भएको हो । जितको लागि दिएको ८३ रनको लक्ष्य श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्