स्रोत नखुलेको चार लाख बढी रकमसहित त्रिभुवन चोकबाट एक जना पक्राउ – Buletnews
स्रोत नखुलेको चार लाख बढी रकमसहित त्रिभुवन चोकबाट एक जना पक्राउ

भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र एक हजार नेपालीका एक सय  थानसहित सुनिलकुमार बानियाँ पक्राउ

  • बुलेट न्युज

नेपालगञ्ज: प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र एक हजार नेपालीका एक सय  थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा आज बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

नेपालगञ्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्