बाँके: राप्ती सोनारी ९ ढकेरी बुचापुर हात्तीसार घर भएकी ३३ वर्षीय शान्ति चौधरी पहिलेदेखि नै चोरी सिकारी नियन्त्रणमा काम गर्दै आएकी थिइन्। नेचर गाइड एसोसिएन बाँकेको सचिव समेत रहेकी उनी बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकहरूलाई बाटो देखाउने , निकुञ्जको बारेमा जानकारी दिने गर्दै आएकि थिइन्।

यो वर्षदेखि निकुञ्जमा पर्यटकहरू बढ्दै गएकाले उनको सक्रियता बढ्दै गएको छ।बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्र, नेचर गाइड र स्थानीय समुदायको सहकार्य बढ्दै गएकाले, अघिल्ला वर्षहरुको तुलनामा यसवर्षदेखि निकुन्जमा चहलपहल बढेको छ ।
यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै प्रकृति संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउन सहयोग पुग्ने सरोकारवालाहरूको विश्वास छ उनले भनिन ।











