देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा बाक्लो हुस्सु लाग्ने – Buletnews
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा बाक्लो हुस्सु लाग्ने

आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने

  • बुलेट न्युज

बाँके: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै देशभर आंशिक बदली रहेको जनाएको छ ।

आज दिउँसो र राति देशभरको मौसम साधारणतया सफा रहनेछ ।तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु रकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आकाशमा बादल देखा परे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको जनाएको छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्