पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि जाँचबुझ आयोगमा जाँदै – Buletnews
पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि जाँचबुझ आयोगमा जाँदै
  • बुलेट न्युज

गृहमन्त्री लेखक काठमाडौँ, २६ साउनः गृहमन्त्री रमेश लेखक धायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ उपर सैद्धान्तिक छलफलमा धारणा राख्नुहुँद । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं: पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा जाँदैछन् ।

जेनजी आन्दोलनताका गृहमन्त्री रहेका लेखकमाथि आन्दोलनकारी विद्यार्थीमाथि गोली चलाउन आदेश दिएको आरोप छ । भदौ २३ र ३४ गतेको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले बयानका लागि बोलाएपछि लेखक जान लागेका हुन् ।

लेखकले आयोगले सोधका प्रश्नको जवाफ दिँदै उक्त दिनको घटनाबारे जानकारी गराउने छन् । आयोग स्रोतका अनुसार लेखकलाई दिउँसो १२ बजे बयानका लागि बोलाइएको छ ।

आयोगमा बयान दिएपछि लेखकले पत्रकारलाई जानकारी दिन कार्यक्रम राखेका छन् । दिउँसो २ बजेपछि सिंहदरबारमा उनले पत्रकारसँग भेटघाट कार्यक्रम राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्