बाँके:निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कोहलपुर नगर समितिले बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य ढकाललाई ज्ञापन पत्र बुझाएको छ । शिक्षा बिधयकमा निजि विद्यालयहरुलाई लादन खोजिएका केहि बुँदाहरु प्रति देशै भरि आन्दोल छेडेको प्याब्सनले स्थानिय स्तरबाट समेत दवाफ सिर्जना गर्ने उद्धेश्यले आफना क्षेत्रका सांसद ढकाल गृह जिल्ला आएको मौका छोप्दै ज्ञापन पत्र बुझाएको हो ।
संघिय शिक्षा बिधयक २०८० मा निजि विद्यालयहरुलाई पुर्ण छात्रबृत्ति जस्ता विद्यालयले गर्न नसक्ने बुदाहरु राखेपछि प्याब्सन चरणबद्ध आन्दोलनमा उत्रिरहेको छ । प्याब्सनले शिक्षा विधेयकबाट ‘निजी विद्यालयलाई गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश हटाउनुपर्ने माग गरेको छ। साथै, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावली पनि हटाउनुपर्ने उसको अडान छ। संगठनका अनुसार हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र त्यसअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम रहनुपर्नेछ ।
प्याब्सनका निर्वतमान सल्लाहकार दिनेश सिग्देल,जिल्ला उपाध्यक्ष महेन्द्र शर्मा,सल्लाहकार शिव डाँगि, केशर वहादुर आले लगाएत प्याब्सन आवद्ध नेताहरुले ढकाललाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझदै ढकालले प्याब्सनको मागप्रति आफु सकारात्मक रहेको उल्लेख गर्दै संसदमा आफुले आफनो प्रष्ट धारणा राख्दै सरकार समक्ष न्यायोचित मागको सम्वोधनकालागि अपिल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।











