मनसुनी हावाको प्रभाव बढ्यो, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ? – Buletnews
मनसुनी हावाको प्रभाव बढ्यो, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

  • बुलेट न्युज

बाँके: आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार लुम्बिनीको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहीबार बिहान देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परिरहेको छ।

आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ।

राती देशका पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू=भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। नेपालमा बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको पूर्वानुमान महाशाखाले जनाएको छ। हाल काठमाडौं मुग्लिन र विपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस्