डडेल्धुरा जिप दुर्घटना: चार मृतक र ६ घाइते एउटै वडाका – Buletnews
डडेल्धुरा जिप दुर्घटना: चार मृतक र ६ घाइते एउटै वडाका

दुर्घटना भएको जीप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा पुगेको प्रहरीको भनाई

  • बुलेट न्युज

डडेल्धुरा:डडेल्धुरामा बिहीबार बिहान भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ। डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा नवदुर्गा गाउँपालिका-५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको हो।  मृतक अवस्थी शिक्षक हुन। उनी भूमिराज आधारभूत विद्यालय चौडमा पढाउँथिन्।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दुर्घटनामा नवदुर्गा गाउँपालिका-५ की १८ वर्षीया सुशीला विक, सोही ठाउँका ४ वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक र चालक ३५ वर्षीय रामबहादुर साउद घाइते भएका छन्। उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ। नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो।  प्रहरीका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको थियो।

प्रतिक्रिया दिनुहोस्