कोहलपुरको रोहिणी खोला नजिकै सवारी दुर्घटना,९ जना यात्रु घाईते – Buletnews
कोहलपुरको रोहिणी खोला नजिकै सवारी दुर्घटना,९ जना यात्रु घाईते

घाईतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार हुदै

  • बुलेट न्युज

बाँके:पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको रोहिणी खोला नजिकै सवारी दुर्घटना भएको छ । शनिबार दिउँसो २ बजेतिर कोहलपुर १२ रोहिणी खोला नजिकै गाडी पल्टिएको हो ।

कोहलपुरदेखि बुटवल जाने क्रममा लु २ ख ३०५ नम्बरको गाडी अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।गाडी दुर्घटनामा गाडीमा सवार ९ जना यात्रु घाईते भएका छन । घाईतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्