सांसद सरिता पुनको निधनप्रति शंकर पोखरेलले दिए श्रद्धाञ्जली – Buletnews
सांसद सरिता पुनको निधनप्रति शंकर पोखरेलले दिए श्रद्धाञ्जली
  • बुलेट न्युज

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको असामयिक निधनप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

‘रुकुम पूर्वस्थित हिमाली गाउँपालिका–पुथा उत्तरगंगाको ऐतिहासिक गाउँ तकसेरा निवासी कमरेड सरिता पुनको असामयिक निधनले म अत्यन्त स्तब्ध भएको छु,’महासचिव पोखरेलले भनेका छन्।

केही वर्षअघि उनका पिता तथा पार्टीका स्थापित नेता सतमान पुनलाई गुमाउँदाको दुखद् क्षणको स्मरण गर्दै महासचिव पोखरेलले अहिले पुनः कम उमेरमै सरितालाई गुमाउनु परेकोमा दुस्ख व्यक्त गरेका छन्। पुनको निधनले पार्टी र समाजले एक प्रतिबद्ध नेतृ गुमाएको भन्दै पोखरेलले दुस्ख व्यक्त गरे।

शोक वक्तव्यमा भनिएको छ, ‘केही वर्षअघि हामीले उहाँका पिता तथा पार्टीका स्थापित नेता सतमान पुनलाई गुमाएका थियौँ । अहिले पुनः कम उमेरमै कमरेड सरितालाई गुमाउनु परेको यो क्षति अतुलनीय छ।’ शोक वक्तव्यमार्फत् दिवंगत पुनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिबार काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। केही दिनअघि छोरीलाई जन्म दिने क्रममा ठूलो शल्यक्रिया गर्नुपरेको थियो भने त्यसपछि मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो। उपचारकै क्रममा उनले जीवन गुमाएकी हुन्।

प्रतिक्रिया दिनुहोस्