बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक बालकको मृत्यु – Buletnews
बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक बालकको मृत्यु

ठक्कर दिने नम्बर नखुलेको सवारी साधन र चालकको खोजी कार्य तीब्र

  • बुलेट न्युज

बाँके:बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जानकी गाउँपालिका-४ नहर चोकमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गएराति स्थानीय शुभ प्रसाद सोनीको ९ वर्षीय छोरा सुमर कुमार सोनीलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका सुमरको संजिवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगन्जमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ठक्कर दिने नम्बर नखुलेको सवारी साधन र चालकको खोजी कार्य तीब्र पारेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्