कोहलपुर,बाँके:निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन),एन प्याब्सन लगाएत निजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुले चरणबद्ध आन्दोलन मार्फत शिक्षा बिधयकमा असहमत जनाउदै आएकोमा पहिलो चरणको अन्तिम दिन आज विद्यालयद्धारा सञ्चालित पहेंला सवारी साधनहरुको रयाली गर्दै बिरोध जनाएका छन । शिक्षा बिधयकमा निजि विद्यालयहरुलाई लादन खोजिएका केहि बुँदाहरु प्रति देशै भरि आन्दोल छेडेका निति तथा संस्थागत विद्यालयहरुले स्थानिय स्तरबाट समेत दवाफ सिर्जना गर्ने उद्धेश्यले कोहलपुरमा पनि नगर स्तरिय विद्यालयहरुको छाता संगठनको आयोजनामा सवारी साधनमा कालो ब्यानर तथा झण्डा बाँधि कोहलपुर १० हाईस्कुलवाट सवारी साधनको रयाली निकाल्दै वडा नं. १४ हवलदार पुर हुदै सुर्खेतरोडको मार्ग हुदै कोहलपुर चौराहमा पुगेर रयाली समापन गरेका थिए ।

संघिय शिक्षा बिधयक २०८० मा निजि विद्यालयहरुलाई पुर्ण छात्रबृत्ति जस्ता विद्यालयले गर्न नसक्ने बुदाहरु राखेपछि प्याब्सन चरणबद्ध आन्दोलनमा उत्रिरहेको छ । प्याब्सनले शिक्षा विधेयकबाट ‘निजी विद्यालयलाई गैरनाफामूलक बनाइने’ भन्ने वाक्यांश हटाउनुपर्ने माग गरेको छ। साथै, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावली पनि हटाउनुपर्ने उसको अडान छ। संगठनका अनुसार हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र त्यसअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम रहनुपर्नेछ ।

प्याब्सनका निर्वतमान जिल्ल सल्लाहकार दिनेश सिग्देल,जिल्ला उपाध्यक्ष महेन्द्र शर्मा,सल्लाहकार यम बहादुर रावत लगाएत निजि तथा संस्थागत विद्यालयका नेताहरुको अगुवाईमा सवारी साधन रयालीको आयोजना गरिएको प्याब्सन नगर समिति कोहलपुरले बुलेट न्युजलाई वताएको छ ।












