शिक्षक महासंघले पाँच दलका कार्यालय अगाडि धर्ना दिने – Buletnews
शिक्षक महासंघले पाँच दलका कार्यालय अगाडि धर्ना दिने
  • बुलेट न्युज

काठमाण्डौ:नेपाल शिक्षक महासंघले आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म राजधानीका पाँच फरक–फरक पार्टी कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गर्ने भएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार धर्ना कार्यक्रममा सहभागी भई ऐक्यबद्धता जनाउन सबैलाई आग्रह गरिएको छ।

कार्यक्रम अन्तर्गत लोकतान्त्रिक समाजवादी पार्टीको बबरमहलस्थित कार्यालयमा सुवेदी स्वयं संयोजक हुनेछन्। त्यस्तै, जनमत पार्टी बानेश्वरमा सहअध्यक्ष नानुमाया पराजुली, जनता समाजवादी पार्टीको ग्वार्को, ललितपुरमा उपाध्यक्ष पुष्प कुँवर, नागरिक उन्मुक्ति पार्टी बानेश्वरमा महासचिव तुलाबहादुर थापा र राष्ट्रिय जनमोर्चाको कपनस्थित कार्यालयमा सचिव कल्पना पनेरु संयोजक हुनेछन्।

महासंघले विभिन्न पार्टीसँग आफ्ना माग सम्बोधनका लागि दबाब स्वरूप धर्ना राखिएको जनाएको छ। विद्यालय शिक्षा विधेयकको विषयमा महासंघले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्