नाट्टा बाँके च्याप्टको महासचिवमा वली – Buletnews
नाट्टा बाँके च्याप्टको महासचिवमा वली
  • बुलेट न्युज

कोहलपुर:नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टको तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट डिल्लिराज रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन भएकाे छ ।

समितिकाे उपाध्यक्षमा झविलाल शर्मा, महासचिवमा भागीराम वली, सचिवमा रेशम बहादुर खत्री, काेषाध्यक्षमा कुमार चाल्स श्रेष्ठ र सह-काेषाध्यक्षमा लवराज प्रधान चयन भएका छन । त्यसैगरी सदस्यमा अल्पना गुप्ता, कुल बहादुर केसी, शम्भु कुमार बुढाथाेकी, हरिप्रसाद शर्मा र कुशल दलामी रहेका छन ।

साधारण सभा तथा अधिवेशनकाे कोहलपुर नगरपालिका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले उद्घाटन गरेकी थिईन । नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलकाे अध्यक्षतामा सम्पन्न भएकाे साधारणसभा तथा अधिवेशनमा संस्थाकाे बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।

साथै साधारणसभाबाट आ.व. २०८२/०८३ को लागि बार्षिक योजना तथा अनुमानित बजेट अनुमोदन भएकाे संस्थाका नवनिर्मित महासचिव भागीराम वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्