लक्ष्मी माविका उमेश खत्रीले खुट्टाले लेखेर ल्याए कक्षा १२ मा ३.४ जिपिए – Buletnews
लक्ष्मी माविका उमेश खत्रीले खुट्टाले लेखेर ल्याए कक्षा १२ मा ३.४ जिपिए

चुनौतीहरूलाई जित्ने दृढ संकल्प छ भने परिस्थितिले सफलताको बाटो रोक्न सक्दैन

  • बुलेट न्युज

बाँके: हातले साथ दिएनन् तर हौसलाले हार मानेन खुट्टाले लेखिएको संघर्षले आज सफलताले इतिहास कोरेको छ।

राप्ती सोनारी–२ निवासी लक्ष्मी मावि मधुईमा अध्ययनरत उमेश खत्रीले आफ्नो लगनशीलता मेहनत र दृढ आत्मविश्वासका साथ फेरि एकपटक आफूलाई प्रमाणित गर्न सफल भएका छन।

अचम्म लाग्ने विषय के छ भने उनका दुवै हात नचल्ने अवस्थाका बाबजुद पनि खुट्टाको सहारामा लेखेर अध्ययन गर्दै आएका छन। यो कुनै सामान्य कुरा होइन। शारीरिक असक्ततालाई कमजोरी होइन, प्रेरणाको शक्ति बनाएर अघि बढ्नु साँच्चिकै प्रशंसनीय कार्य हो।
एक असक्त विद्यार्थीले आफ्नो अथक संघर्ष, निरन्तर मेहनत र अटल इच्छाशक्तिका बलमा कक्षा १२ को परीक्षामा कृषि संकायमा ३.४ जिपिए हासिल गर्नु केवल व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण विद्यार्थीहरुका लागि प्रेरणादायी उदाहरण पनि हो।

चुनौतीहरूलाई जित्ने दृढ संकल्प छ भने परिस्थितिले सफलताको बाटो रोक्न सक्दैन भन्ने सन्देश उनले व्यवहारमै देखाएका छन। उनको यो उपलब्धि परिवार, विद्यालय, राप्ती सोनारी गाउँपालिका तथा समग्र बाँके जिल्लाकै लागि गौरवको विषय हो स्थानिय बताउँछन ।

प्रतिक्रिया दिनुहोस्