कार्यक्रममा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, वडा नं. ४ का अध्यक्ष प्रेमबहादुर शाही, वडा नं. ६ का अध्यक्ष भुपाल पुन मगर, वडा नं. ८ का अध्यक्ष भग्गन थारु, आर्थिक विकास समिति संयोजक फरुदिन हलवाई, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय पत्रकार तथा विभिन्न दलित समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीहरूले दलित समुदायको अधिकार संरक्षण, सार्वजनिक सेवा प्रवाहमा समान पहुँच, सामाजिक न्याय, स्थानीय तहको उत्तरदायित्व तथा समावेशी विकासका विषयमा छलफल गरेका थिए । साथै समुदायबाट उठेका समस्या, सुझाव र गुनासालाई सम्बन्धित सरोकारवालासमक्ष प्रस्तुत गर्दै समाधानका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।
माहुरी होम बाँकेका अध्यक्ष दिनेश ठाकुरका अनुसार सामाजिक परीक्षण कार्यक्रमले स्थानीय सरकार र समुदायबीच पारदर्शिता, जवाफदेहिता तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । कार्यक्रमले दलित समुदायको आवाजलाई नीति तथा योजना निर्माण प्रक्रियासम्म पुतयाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।











