मुसिकोट १ सल्लेमा एक महिलाको शव भेटियो – Buletnews
मुसिकोट १ सल्लेमा एक महिलाको शव भेटियो

मृतकको साथमा नागरिकता र सामाजिक सुरक्षा भत्ता बुझ्ने कागज रहेकोले शवको पहिचान गर्न सहज

  • बुलेट न्युज

रुकुम पश्चिम:  रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेमा एक महिलाको शव भेटिएको छ । आइतबार बिहान सल्ले जाने बाटोमा मृत अवस्थामा महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार उक्त शव बाँफिकोट गाउँपालिका–१०, झुला घर भई मुसिकोट नगरपालिका–५, थर्पुस्थित माइतीघरमा बस्दैआएकी ६२ वर्षीया कमला खत्रीको रहेको छ ।

मृतकको साथमा नागरिकता र सामाजिक सुरक्षा भत्ता बुझ्ने कागज रहेकोले शवको पहिचान गरेर आफन्तलाई खबर गरिएको डिएसपी पौडेलले जानकारी दिए । खत्री करिब पाँच वर्षदेखि थर्पुस्थित माइतीमै बस्दैआएको बताइएको छ ।

थर्पुबाट जिल्ला अस्पताल सल्लेतर्फ जाने बाटोमा खत्रीको शव भेटिएको हो । प्रहरीले अस्पताल जानेक्रममा बाटोमै खत्रीको निधन भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको बताइएको छ ।

खत्रीको शव जिल्ला अस्पताल सल्लेमा राखिएको छ । आफन्तहरुलाई खबर गरिएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको थप कारण खुल्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्